The Search

The Search

कृत्रिम बौद्धिकता

कम्प्युटर विज्ञानमा, कृत्रिम बौद्धिकता (ए.आइ), कहिलेकाहीं यान्त्रिक बुद्धि भनिन्छ, मानव वा जनावरले प्रदर्शन गर्ने प्राकृतिक बुद्धि को विपरित यन्त्र र मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो। अग्रणी एआई पाठ्यपुस्तकहरूले यस क्षेत्रलाई " बौद्धिक एजेन्ट " को अध्ययनको रूपमा परिभाषित गर्दछ: कुनै पनि उपकरण जसले आफ्नो वातावरणलाई बुझ्दछ र कार्यहरू लिन्छ जुन यसका लक्ष्यहरू सफलतापूर्वक प्राप्त गर्ने सम्भावना अधिकतम पार्दछ। बोलचालको रूपमा "कृत्रिम बौद्धिकता" भन्ने शव्द प्रायः मेशिनहरू लाई वर्णन गर्न प्रयोग गरिन्छ जुन "संज्ञानात्मक" कार्यहरूको नक्कल गर्दछ जसलाई "शिक्षा" र "समस्या समाधान" जस्ता मानव दिमागसँग जोड्दछ ।

Wikipedia · CC BY-SA