The Search
न्युयोर्क सहर
अमेरिकाको धेरै जनघनत्व भएको सहर
न्यु योर्क सहर अमेरिकाको धेरै जनघनत्व भएको सहर हो। न्यु योर्क सहर सन् १७९० देखि अमेरिकाको सर्वाधिक जनसङ्ख्या भएको सहर हो, जबकि न्यु योर्कको महानगरीय क्षेत्र विश्वको सर्वाधिक जनसङ्ख्या भएको महानगरीय क्षेत्र मध्ये एक हो। यो विश्वको एक प्रमुख महानगर हो र विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खासै प्रभाव रहेको छ। संयुक्त राष्ट्रको मुख्यालय यहाँ स्थित भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहेको छ।
Wikipedia · CC BY-SA