The Search

The Search

बुएनोस आइरेस

बुयेनोस आइरेस, दक्षिण अमेरिकी देश अर्जेन्टिनाको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। यो सहर दक्षिण अमेरिका महादेशको पम्पा क्षेत्रमा, दक्षिण पूर्वी तटमा, रिओ दे ला प्लाता नदी मुहानको पश्चिमी किनारमा अवस्थित छ। विशाल बुयेनोस आइरेस क्षेत्रले, धेरै बुयेनोस आइरेस प्रदेशका जिल्लाहरू पनि समावेश गर्दछ। यो दक्षिण र उत्तर अमेरिकाको चौथो धेरै जनसङ्ख्याको भएको महानगरीय क्षेत्र हो। यसमा लगभग १ करोड ५६ लाख मानिसहरूको बसोबास रहेको छ। यो महानगर एक स्वशासित सहर हो। यसको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायिक शक्ति रहेको छ।

Wikipedia · CC BY-SA