The Search
दुबई
संयुक्त अरब इमिरेट्समा सबैभन्दा धेरै जनसंख्या भएको शहर
दुबई संयुक्त अरब इमिरेट्सको सात इमिरेट्सहरू मध्ये एक र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यो फारसको खाडीको दक्षिणमा अरब प्रायद्वीप नजिकै अवस्थित छ । दुबई नगरपालिकालाई इमिरेट्स वाहेक कहिलेकाहीं दुबई राज्य पनि भन्ने गरिन्छ । दुबई मध्य पूर्वको एक विश्वव्यापी नगर तथा व्यापार केन्द्रको रूपमा चम्किएको छ । लिखित दस्तावेजहरूको आधारमा यो सहरको अस्तित्व संयुक्त अरब इमिरेट्सको गठनभन्दा १५० वर्ष पहिले नै भइसकेको जिकिर छ ।
Wikipedia · CC BY-SA