The Search

The Search

हङकङ

चीनको एक विशेष प्रशासनिक क्षेत्र

हङकङ्ग आधिकारिक रूपमा हङकङ्ग जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ। हङकङ्ग चिनको पर्ल नदी डेल्टा र दक्षिण चीन सागरको दक्षिणी कुनामा अवस्थित एक स्वायत्त प्रदेश हो। हङकङ आफ्नो गगनचुम्बी भवन र गहिरो प्राकृतिक बन्दरगाहको लागि प्रसिद्ध छ। यसको क्षेत्रफल ११०४ किमी२ छ र यसको उत्तरी सिमामा चिनको गुआङ्डोङ प्रदेश रहेको छ। यो स्थानको जनसङ्ख्या ७.२ मिलियन छ जुन भिन्न भिन्न राष्ट्रियताका छन्। हङकङ संसारकै सबैभन्दा बढी जनघनत्व भएको महानगर मध्ये एक हो।

Wikipedia · CC BY-SA