The Search
क्योटो
जापानमा स्थित शहर
क्योटो होन्शु टापुको मध्यमा अवस्थित जापानको एक महानगर हो । क्वामू शासन कालमा यस सहरलाई 'हे यान जो' अर्थात् 'शान्तिको नगर' को संज्ञा दिइएको थियो । ११औँ शताब्दी सम्म क्योटो जापानको राजधानी थियो र आज पनि पश्चिमी प्रदेशको राजधानी हो । यस सहरलाई आधुनिकीकरण तथा यसको पुनर्संरचनाको लागि सन् १८९० मा यस नगरसँगै रहेका बिवा ताललाई लगभग ७ माइल लामो नहरद्वारा बाँधियो र आकर्षक बनाइयो । यो सहरलाई आज पनि हजारौ वर्षको राजधानी भन्ने गरिन्छ ।
Wikipedia · CC BY-SA