The Search

The Search

२०२० युइएफए च्याम्पियन्स लिग फाइनल

सन् २०२० युइएफए च्याम्पियन्स लिग फाइनल २०१९–२० युइएफए च्याम्पियन्स लिगको फाइनल खेल थियो, जुन युइएफएद्वारा आयोजना गरिएको युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६५औँ सत्र थियो, र युरोपियन च्याम्पियन क्लब्स कपबाट युइएफए च्याम्पियन्स लिगमा पुन: नामाकरण भएपछि २८औँ सत्र थियो। यो २३ अगस्ट २०२० मा लिस्बोन, पुर्तुगालको एस्तादिओ दा लुजमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन, आफ्नो पहिलो युरोपेली कप फाइनलमा, र जर्मन क्लब बायर्न म्यनिख बीच खेलिएको थियो। खेल यूरोपमा कोभिड-१९ महामारीको कारण बन्द ढोका पछाडि आयोजित भएको थियो।

Wikipedia · CC BY-SA