The Search
म्युनिख
म्युनिख बायर्नको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। १५ लाख जनसङ्ख्या रहेको यो सहर जर्मनीको राजधानी बर्लिन र हामबुर्ग सहरपछिको सबैभन्दा बढी जनसङ्ख्या हुने जर्मनेली सहर हो। यो युरोपेली सङ्घको सदस्य राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो सहरको क्रममा ११औँ क्रमाङ्कमा रहेको छ। यो सहरको महानगरीय क्षेत्रभित्र लगभग ६० लाख मानिसहरूको बसाइ रहेको छ।
Wikipedia · CC BY-SA