The Search

The Search

कालो माम्बा

कोलो माम्बा वा काला माम्बा विश्वमा रहेका सबै भन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प इलापिडी परिवारमा पर्छ भने यो सर्प विषेशगरि उप-साहारा क्षेत्रमा बसोबास गर्ने गर्छ। योसर्पलाई पहिलपटक सन् १८६४ मा वैज्ञानिक अल्वर्ट गुन्थरले वर्णन गरेका थिए। यो राज गोमन पछिको विश्वमा रहेका विषालु सर्प मध्ये सबैभन्दा लामो सर्प हो जसको एक वयस्कको अौसत लम्बाई २ मिटर हन्छ भने सामान्यतया ३ मि सम्म बढ्ने गर्दछ। यस प्रजातिको सर्पको सर्वाधिक लम्बाई ४.३ देखि ४.५ मिटर सम्म मापन गरिएको छ। यस प्रजातिको बाहिरी छालाको रङ्ग गाढा खैरो र फिका खैरो हुन्छ। सानो कालो माम्बा भने हल्का पहेँलो हुन्छ र वयस्क अवस्थामा प्रवेश गर्दा यसको रङ्ग खैरो हुन जान्छ।

Wikipedia · CC BY-SA